११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा आइतबार ३ सय ५४ संक्रमित भेटिए


२१ भाद्र २०७७, आइतबार  

0
Shares

२१ भदौं ०७७, काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत्तमले दिएको जानकारी अनुसार काठमाडौं जिल्लामा २ सय ९०, ललितपुर र भक्तपुर दुवै जिल्लामा ३२ जनामा संक्तमण भेटिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ३ सय ८२ जनाको पीसीआर परीक्षणपछि ९ सय ८० जनामा कोरोना संक्रमण भेटिएको हो ।
यो अवधिमा कोरोना भाइरसबाट संक्रमण निको भएपछि १ हजार ८ सय १४ जना डिस्चार्ज भएका छन् । आइतबारसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ ।
आइतबारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २ सय १ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८ सय २६ जना रहेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ६ : ०६ बजे