११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पुल्चोकबाट तानियो मच्छिन्द्रनाथको रथ(तस्विर सहित)


२१ भाद्र २०७७, आइतबार  

0
Shares

ललितपुरको पुलचोकमा आइतबार रातो मच्छिन्द्रनाथको रथ तान्दै स्थानीय जनताहरु । यस वर्ष कोरोना भाइरसको जोखिमका कारण सीमित मानिसहरुले उपस्थितिमा रथ तानिएको छ । तस्वीरहरु ः रोशन सापकोटा/रासस

२१ भदौ०७७,, ललितपुर । आइतबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिएको छ ।

यसवर्ष कोरोना महामारीका कारण उपस्थित सबैले सामाजिक दूरी कायम गरेका थिए । एकै किसिमको निलो टोपी र गन्जी, मुखमा मास्क, हातमा पञ्जा लगाई दुई तिर बसेर शान्त्त पूर्वक रथ तानिएको पुचःका संयोजक चन्द्र महर्जनले बताएका छन् । उहाँले भन्नुभयो, “हामीले मूलुकमा कोभिड सङ्क्रमण बढ्दै जाँदा आवश्यक मानिसलाई मात्र रथयात्रा गर्न लगायौँ ।” रथयात्रालाई विधि पूर्वक काँसहित विभिन्न बाजा बजाइएर सम्पन्न गरिएको महर्जनले जानकारी गराए ।
रथयात्रामा सहभागी मानिसले खुसीका साथ पहिला हात हल्लाएर “होस्टे, हैंसे” शब्दको उच्चारण गरी बल लगाएर रथलाई विस्तारैविस्तारै तानेर पाटी नजिकै पु¥याएका महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, “रथयात्रा गर्न उपस्थित सहभागीले बेला बेलामा रथ तान्ने र समय समयमा नाच्ने गरेको दृष्यले पुल्चोकमा एकदमै मनमोहक भयो ।” मच्छिन्द्रनाथको रथमा राता, सेता ध्वजाका साथै माथिल्लो गजुरमा सबै प्राणीको रक्षा गर्ने श्री लोकेश्वरको षड्क्षरी मन्त्र ‘ॐ मणि पद्मे हुँ’ लेखिएको ध्वजासमेत खुबै फरफराएको महर्जनले जानकारी गराए ।
रथयात्रामा केही प्रदेश तथा प्रतिनिधिसभाका सांसद पम्फा भुषाल, राजकाजी महर्जन र शोभा शाक्य सहभागी थिए । सोह्रखुट्टे पाटी नजिकै रहेका घरघरका मानिसले भने घरघरैबाट रथयात्राको आनन्द लिइरहेका थिए । लोकेश्वर नजिकै रथमा केही मानिस र पानेजु बसेका देखिन्थे । सुरक्षा व्यवस्था अतिनै कडा थियो । गाःबहालबाट महानगरपालिकाको गेटसम्म करिब ५ सय मिटर मीननाथको रथयात्रा पनि सम्पन्न भयो । लोकनाथ र मीननाथको दुवै रथयात्रा गर्न मानिस उपस्थित भएका थिए । रथयात्रा सम्पन्न भएपश्चात पाटनवासीले घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले जानकारी गराए ।
यसवर्ष रथयात्रा छेउमा महिला भने देखिएका थिएनन् । पुल्चोकमा उपस्थित सिमित मानिस, पुजारी, सञ्चारकर्मी, सुरक्षाकर्मीले मात्र यसवर्ष प्रत्यक्ष रुपमा रथयात्रा हेर्न मौका पाएका देखिन्थे । विगतका वर्षमा मच्छिन्द्रनाथको रथलाई गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु¥याउएर शुभ साइतअनुसार भोटो जात्रा गर्ने गरिन्थ्यो । यसपटक भने त्यसो नगरिने भएको भदौ १८ गते १९ आँै जातिय खलः पुचले निकालेको पे्रस विज्ञप्तीमा उल्लेख छ । आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा बिराजमान गराइएको थियो । विसं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएका ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो ।

जरी निषेधाज्ञामा प्रशासनले ललितपुरको चक्रपथभित्र पस्ने नाका सिल गरेर रथयात्रा गरिएको हो । रथयात्रामा ४ सय जनालाई मात्रै प्रवेश गराउने भन्दै रथयात्रामा सिमित मान्छेलाई मात्रै प्रवेश गराएर रथयात्रा गरिएको थियो ।
रातो मच्छिन्द्रनाथको रथ निर्माण गरिएको ठाँउबाट ५० मिटर अगाडि सोह्रखुट्टे पाटीसम्म तानिएको थियो । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनका अनुसार यो बर्ष मंगलबजार बनाइएको रथ भने मीननाथको रथलाई पुल्चोकसम्म ल्याइएको छ ।

ललितपुरको पुलचोकमा आइतबार रातो मच्छिन्द्रनाथको रथ तान्दै ।

आज पाटनबासीले ‘छ्वयलाभू’ मनाउनेछन् । मच्छिन्द्रनाथलाई बुग्मती लैजानका लागि सोमबार साइत हेर्ने कार्यतालिका छ । सम्भवतः भदौं २६ गते रातो मच्छिन्द्रनाथलाई बुग्मती लगिनेछ । बुग्मती लगिएसँगै रातो मच्छिन्द्रनाथको यस बर्षको जात्रा सम्पन्न हुनेछ ।

मीननाथको रथ तानिदै ।

रथयात्रामा सहभागीहरुलाई मास्क लगाएपछि मात्रै रथयात्रा स्थलमा प्रवेश गराइएको थियो । रथयात्राको सुरक्षामा लागि सयौंको संख्यामा प्रहरी परिचालित थिए।
केरोना माहामारीका कारण लामो समय गुज्रेको र असोज २ देखि मलमाससमेत सुरु हुने भएपछि छोटो प्रकृयासँगै रथयात्रा सम्पन्न गर्न लागिएको हो ।
स्थानीय प्रशासनले कर्फ्यूपछि निषेधित क्षेत्र घोषणा गरेर क्षमा पूजा गरी रथयात्रा छोट्याएको हो

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ७ : २९ बजे