११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आइतबार ललितपुरमा भेटिए ४५ कोरोना संक्रमित


२१ भाद्र २०७७, आइतबार  

0
Shares


२१ भदौं ०७७, ललितपुर । ललितपुर जिल्लाभर आइतबार ४५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरपालिकामा सर्वाधिक धेरै ३४ जनामा कोरोना संक्रमित फेला परेका छन् । ती मध्ये १० जान महिला र २४ जना पुरुष छन् ।
महालक्ष्मी नगरमा महिला र पुरुष संक्रमित ५÷५ जना गरेर १० जना फेला परे भने गोदावरी नगरपालिमा १ जनामा कोरोना संक्रमण देखियो ।
आइतबारसम्म ललितपुरमा १ हजार ९९ जनामा कोरोना संक्रमित फेला परिसकेका छन् । तीमध्ये ४ सय ७५ जना महिला छन् भने ६ सय २४ पुरुष छन् ।
दक्षिण ललितपुरको तीनै बटा गाँउपालिका भने आज संक्रमितको संख्या शुन्य रह्यो ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : ४० बजे