२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर नगरका प्रमुखलाई आक्रमणको धम्की दिने नख्खुबाट पक्राउ


२१ भाद्र २०७७, आइतबार  

0
Shares


२१ भदौं ०७७, ललितपुर । ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आज(आइतबार) प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने सञ्जय शाक्य रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनीमाथि यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरेको र सोही क्रममा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिएको आरोप छ ।
उक्त घटनापछि फरार हुँदै आएका उनलाई आफन्तकहाँ लुकिछिपी बसेका अवस्थामा आज साँझ नक्खुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् । उनीसँगै उक्त घटनामा संलग्न १७ जनालाई पक्राउ गरिएको बताइएको छ । अझै दुई जना फरार रहेकाले खोजी जारी रहेको जनाइएको छ ।

निषेधाज्ञाको उल्लङ्घन गरी रथ तान्न थालेपछि प्रहरीले रोक्न खोज्दा त्यहाँ झडप भएको थियो । सोही क्रममा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए । उनीहरुलाई अभद्र व्यवहार र सङ्क्रामक रोग ऐन २०२० अन्तरगतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।