२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात रिहा


२३ भाद्र २०७७, मंगलबार  

0
Shares


२३ भदौं ०७७, ललितपुर । गतबिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना आज रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतबार रिहा भएका थिए ।
भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये उनीहरु रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताएका छन् । उनले भने, “हामीले रथयात्रामा झडप गर्ने सहभागीमध्येका कूल २० जनालाई समातेका थियौँ । तिनमध्ये १७ जनालाई मुद्दा चलाइएको छ । ती १७ मध्ये आज छाडिएका छ जनामा कोरोना पोजेटिभ र एकमा मानसिक समस्या देखिएकाले उपचारको प्राथमिकतामा राखेर हाजिर जमानीमा छाडेका हाँै ।” यसमा बाँकी अन्य १० भने हिरासतमै रहेको जनाइएको छ ।
रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै केही स्थानीयले जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए । प्रशासनले गतशनिबारदेखि आउँदो शुक्रबारसम्म यहाँका केही स्थानमा पाँचभन्दा बढी मानिस जम्मा हुन नपाउने विज्ञप्ति जारी गरेसँगै उक्त घेराउ गर्नेहरुलाई प्रहरीले हटाएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।