११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मंगलबार कोरोना संक्रमणबाट ६ जनाको निधन


२३ भाद्र २०७७, मंगलबार  

0
Shares


२३ भदौंं ०७७, काठमाडौं । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा छ जनाले ज्यान गुमाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जनाकारी अनुसार यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ सय ६ पुगेको छ ।

मृत्यु हुनेमा सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६०, काठमाडौँका ८५ र कपिलवस्तुको ६२ वर्षीय पुरुष तथा काठमाडौँकै ८० वर्षीया महिला छन् ।
पछिल्लो २४ घण्टामा मुलुकभर ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्व्र गौत्तमका अनुसार हालसम्म कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई दुई हजार २ सय ८७ जना ‘डिस्चार्ज’ भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ३२ हजार ९ सय ६४ जनाले कोरोना जितेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : २४ बजे