१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको महालक्ष्मी नगरमा अहिलेसम्म १ सय ८५ जनालाई कोरोना संक्रमण


२६ भाद्र २०७७, शुक्रबार  

0
Shares

२६ भदौं ०७७, ललितपुर । उत्तर पुर्वी ललितपुरको महालक्ष्मी नगरपालिकामा अहिलेसम्म १ सय ८५ जनालाई कोरोना संक्रमण भएको छ ।

नगरपालिकाले सार्वजविक गरेको तथ्याङ्क अनुसार कोरोना संक्रमणपछि निको भएका १ सय ३ जना छन् । ८० जना अझैं कोरोना उपचाररत छन् भने २ जनाको निधन भइ सकेको छ ।

५४ जना विरामी होम आइसोलेसनमा रहेका छन् भने २६ जना अस्पतालमा भर्ना भएर उपचाररत छन् ।

महालक्ष्मी महनगरपालिमा पछि धेरै कोरोना संक्रमित रहेको नगरपालिका हो ।

लुभु, लामाटार,इमाडोल, सिद्धिपुर र टिकाथली गाविस मिलाएर बनाइएको यो नगरपालिका काठमाडौंको काँठ क्षेत्रको रुपमा चिनिन्छ ।

ववडा नं. १ मा ३० जना,२ मा २१ जना, ३ मा ७ भेटिएका छन् ।
वडा नं.४ मा ३२, ५ मा २९ जना, ६ मा १५ जना,७ मा १२ जना,
नगरपालिकाको वडा नं. ८ मा सर्वाधिक ३४ जना संक्रमित पुगेका छन् । ९ मा ५ जना कोरोना संक्रमित भेटिएका छन् । तर वडा नं. १० मा कुनै संक्रमित फेला नपरेको नगरपालिकाले जनाएको छ । हेर्नुस् विवरण ः

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ३ : ५४ बजे