लपु संवाददाता
२६ भदौं ०७७, ललितपुर । ललितपुरमा शुक्रबार ३९ संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरपालिकामा ११ जना महिला र १५ जना पुरुष सहित २६ जना संक्रमित भेटिएका छन् ।
उत्तरपुर्वीमा अवस्थित महालक्ष्मी नगरपालिकामा ५ महिला र ६ पुरुष सहित ११ जना कोरोना संक्रमित भेटिएका छन् । मध्य ललितपुरको गोदावरी नगरमा भने २ जना महिलालाई कोरोना संक्रमणले छोएको छ ।
ललितपुर जिल्लामा अहिलेसम्म १ हजार २ सय ६५ जनामा कोरोना संक्रमण फेला परिसकेको छ । तीमध्ये ५ सय ६० जना महिला र ७ सय ५ जना पुरुष रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
प्रतिक्रिया