१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा शनिबार ३५ जनामा कोरोना संक्रमण


२७ भाद्र २०७७, शनिबार  

0
Shares

ललितपुरमा शनिबार ३५ जनामा कोरोना संक्रमण देखिएकोे छ ।
२७ भदौं ०७७,ललितपुर । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरपालिकामा १२ महिला र १९ पुरष सहित ३१ ज्नामा कोरोना भेटिएको छ ।


महालक्ष्मी नगरमा भने शनिबार एक पुरुषमा संक्रमण देखिएको छ । गोदावरी नगरमा १ पुरषमा संक्रमण भेटिएको छ भने दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा १ महिलामा समेत कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ललितपुरमा अहिलेसम्म १ हजार ३ सय जनालाई कोरोना संक्रमण भएको छ । ती मध्य ५ सय ७४ महिला र ७ सय २६ पुरुष रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ८ : २९ बजे