१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा कोरोना संक्रमणका कारण ८ जनाको निधन, ५ सय १२ जनामा संक्रमण


२९ भाद्र २०७७, सोमबार  

0
Shares


२९ भदौ ०७७, काठमाडौं । सोमबार काठमाडौं उपत्यकाभरका प्रयोगशालामा गरिएको परिक्षणपछि ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रलयका प्रवक्ता डा जागेश्व्र गौत्तमले काठमाडौंका ४ सय ४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिए ।
गैत्तमका अनुसार सोमबारै उपत्यकामा कोरोना संक्रमणका कारण ८ जनाको निधन भएको छ । काठमाडौंका ६१ वर्षीया महिला, ६२, ७०, ७३, ७७, ८५ वर्षीय पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको निधन भएको हो ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ०० बजे