१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ढोलाहिटी–सुनाकोठी सडक कात्तिकसम्ममा कालोपत्र गरिने


२९ भाद्र २०७७, सोमबार  

0
Shares


२९ भदौं ०७७, ढोलाहिटी । ढोलाहिटी–सुनाकोठी सडक यहि कात्तिकसम्ममा कालोपत्र गरिने भएको छ । तीन किलोमिटर लम्बाईको यो सडकमा अहिले काम भइरहेको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । सो खण्डको निर्माणको जिम्मेवारी पाएको शैलुङ निर्माण कम्पनीले काम गरिरहेकाले कात्तिकसम्म सकिने देखिएको आयोजना प्रमुख गुरु अधिकारीले बताएका छन् । सो सडकमा कालोपत्र चाँडो गर्नुपर्ने माग गर्दै गतअसारमा स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए । आयोजनाले चाहेर पनि पहिले तोकिएको मापदण्ड २० मिटर चौडाईमा निर्माण गर्न खोज्दा ढिलाई भएको अधिकारीले बताएका छन् । मन्त्रीपरिषद्को बैठकले उपत्यकामा बिस्तारका क्रममा रहेका सबै सडकमा उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेकाले सोहीअनुसार गर्न लागिएको हो । उनले भने, “कुनै पनि संरचना नभत्काई भएकै चौडाइमा कालोपत्र भइरहेको छ ।”
ढोलाहिटी–लेले सडक बिस्तार चार वर्ष पहिले शुरु भएको थियो । अहिले पनि टाखेल–लेलेलगायतका चौडाई उपलब्ध भएका स्थानमा मापदण्डानुसार नै बिस्तार भइरहेको छ । आयोजनाले गत वर्ष नै ठेचोबाट टाखेलसम्मको सडक कालेपत्रे गरेको थियो । उपत्यकामा बिस्तारका क्रममा रहेका सडक छेउमा घर भएका स्थानीयवासीले घरलगायतका संरचना भत्काउन नमानेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध बनेको थियो । जति चौडाई उपलब्ध छ त्यसैमा निर्माण गर्ने सरकारको निर्णय पछि भने आयोजनाले सबै सडकको निर्माण अघि बढाएको छ । आगामी पुससम्ममा सबै सडक सम्पन्न गर्ने आयोजनाको योजना छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : २३ बजे