२९ भदौ ०७७,(रासस÷एएफपी) ः विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख २८ हजार ३ सय ४० जनाको निधन भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।
सो संगठनका अनुसार विश्वमा दुई करोड ९१ लाख ८९ हजार ६ सय ५५ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १० लाख ३१ हजार ७ सय ६८ व्यक्ति कोरोना मुक्त भएका छन् ।
हाल विश्वमा ७२ लाख २९ हजार ७ सय ४७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ५ सय ११ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।
अमेरिकामा ६७ लाख ८ हजार ४५८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३९ लाख ७४ हजार ९सय ४९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९८ हजार ५ सय २० व्यक्तिको निधन भइसकेको बताइएको छ ।
भारतमा ४८ लाख ४६ हजार ४ सय २७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३७ लाख ८० हजार १ सय ७ कोरोना भाइरस मुक्त भएका छन् भने ७९ हजार ७ सय ५४ जनाको निधन भएको छ ।
ब्राजिलमा ४३ लाख ३० हजार ४ सय ५५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३५ लाख ७३ हजार ९ सय ५८ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३१ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।
रुस १० लाख ६२ हजार ८ सय ११ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ७६ हजार २ सय ५५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ५सय ७८ जनाको मृत्यु भएको छ ।
पेरुमा ७ लाख २९ हजार ६ सय १९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ६६ हजार ७ सय ९६ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ७ सय १० जनाको निधन भएको छ ।
कोलम्बिया ७ लाख १६ हजार ३ सय १९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ९९ हजार ३ सय ८५ कोरोना भाइरस मुक्त भएका छन् भने २२ हजार ९ सय २४ जनाको निधन भएको छ ।
मेक्सिकोमा ६ लाख ६८ हजार ३ सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ७१ हजार ६२३ कोरोना भाइरस मुक्त भएका छन् भने ७० हजार ८ सय २१ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ६ लाख ४९ हजार ७ सय ९३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ७७ हजार ९ सय ६ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४ सय ४७ जनाको निधन भएको छ ।
स्पेनमा ७ लाख ७६ हजार ६ सय ९७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार सय ४७ जनाको निधन भएको छ ।
अर्जेन्टिना ५ लाख ५५ हजार ५ सय ३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख १९ हजार ५ सय १३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ३ सय ५२ जनाको निधन भएको छ ।
प्रतिक्रिया