१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


फुटपाथ पसल हटाउने अभियान शुरु


३० भाद्र २०७७, मंगलबार  

0
Shares

फाइल तस्विर

३० भाद्र ०७७, काठमाडौं । काठमाडौँका असन, इन्द्रचोकलगायतका भित्री वस्तीलाई व्यवस्थित बनाउन त्यस क्षेत्रमा फुटपाथ पसल हटाउने अभियान शुरु गरिएको छ । वस्ती वरपरका स्थानमा पछिल्लो समयमा बढ्दै गएको फुटपाथ पसलले सवारी आवागमनका साथै पैदलयात्रुलाई समस्या परेपछि जागरुक युवा समाजले अभियान थालेको हो ।
सार्वजनिक बाटो ओगटेर राखिएका यस्ता पसलले भीडभाड बढ्न गई वस्तीको सौन्दर्यता कमी आउने, विभिन्न रोगका सङ्क्रमणको जोखिम थपिने र व्यापारिक कारोबारमा कर चुहावट हुने भएकाले अभियान शुरु गरिएको बताइएको छ । स्थानीय युवाको सक्रियता रहेको अभियानले स्थानीय तह, सुरक्षाकर्मीलगायतसँग समन्वय गरी सम्पदामाथिको अतिक्रमण निरुत्साहित गर्ने, प्राचीन महत्वका स्थल तथा ऐतिहासिक वस्तुको संरक्षण गर्ने लक्ष्य राखेको छ ।
काठमाडौँ महानगरपालिका­२५का सदस्य विनोद तुलाधरले भित्री वस्ती क्षेत्रमा पसल खोलिएका कारण विगतमा धेरै पैदलयात्रु दुर्घटना भई घाइते तथा केहीको निधन समेत भएको अवस्थामा शुरु गरिएको अभियानको प्रशंसा गरे । अभियानका सल्लाहकार समेत रहेका तुलाधरले यस प्रकारका पसललाई कुनै पनि हालतमा बैधता दिन नहुने बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ६ : ५४ बजे