१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा बिजनेस क्लिनिक


२ आश्विन २०७७, शुक्रबार  

0
Shares


२ असोज ०७७, चापागाँउ । गोदावरी उद्योग वाणिज्य सङ्घले बिजनेस अर्थात् व्यवसाय क्लिनिक छिट्टै सञ्चालनमा ल्याउने भएको छ । गोदावरी नगरक्षेत्रमा व्यापार व्यवसाय गरिरहेका वा गर्न इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै सङ्घले यसबारे चाहिने सम्पूर्ण जानकारी प्रवाह गर्न उक्त क्लिनिक सञ्चालनमा ल्याउन लागेको हो ।
गोदावरीका कुनै पनि व्यक्तिले व्यापार वा व्यवसाय कसरी गर्ने, यसमा लाग्दा अपनाउनुपर्ने कानूनीलगायत अन्य विषयहरु र यसको व्यवस्थापन कसरी हुन्छ भन्ने आदि जानकारी क्लिनिकबाट पाउन सकिने सङ्घका अध्यक्ष जगनाथ महर्जनले बताएका छन् । महर्जनले भने, “यो जुनसुकै क्षेत्रमा लगानी गर्न इच्छुक व्यक्तिका लागि एउटा सिक्ने थलो हुनेछ ।”
सङ्घले गोदावरीवासीलाई पहिलो प्राथमिकतामा राखेर सम्बन्धित विज्ञबाट कानूनका बारेमा जानकारी चाहिएमा कानूनविद्, व्यवस्थापनको जानकारी चाहिए व्यवस्थापन परामर्शदाता, लेखाको जानकारी चाहिए चार्टर्ड एकाउन्टेन्ट र बजार शास्त्रको जानकारी चाहिएमा बजार विशेषज्ञबाट राय र सल्लाह दिने व्यवस्थासमेत मिलाउने भएको महर्जनको भनाइ छ । नगरपालिकामा दुई हजार माथि सङ्ख्याका व्यवसायी दर्ता भएका छन् । सङ्घले गोदावरीलाई समृद्ध नगरपालिका बनाउन उक्त योजना अघि सारेको बताइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।