१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा ८ सय ५९ सङ्क्रमित थपिए


२ आश्विन २०७७, शुक्रबार  

0
Shares


२ असोज ०७७,काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८ सय ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौमले दिएको जानकारी अनुसार काठमाडौँमा ६ सय ९८, ललितपुरमा ८२ र भक्तपुरका ७९ जनामा संक्रमण देखिएको हो । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा मात्र कोरोना संक्रमितको सङ्ख्या १५ हजार २ सय ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष तथा दुई महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या ३९० पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुनेमा मोरङका ६६ वर्षीय दुई पुरुष, काठमाडौँकी ८५ वर्षीया महिला, काठमाडौँकै ८८ वर्षीय पुरुष, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीया महिला र नवलपरासीका ३१ वर्षीय पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप दुई हजार २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै दिन कोरोना सङ्क्रमित देखिएको यो अहिलेसम्मकै उच्च रहेको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६१ हजार ५ सय ९३ जना पुगेको छ । एघार दिन अघि सङ्क्रमितको सङ्ख्या ४६ हजार २ सय ५७ रहेको थियो ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पिसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आज थपिएका सङ्क्रमित पुरुष एक हजार ३८१ तथा महिला ६३९ रहेका छन् ।
हालसम्म ४३ हजार ८ सय २० जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको उनले बताए । पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म ८ लाख ९४ हजार जनाको पिसीआर गरिएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सिरहा, सुनसरी, मकवानपुर, रुपन्देही र चितवन रहेका छन् । हाल सङ्क्रमित नै नरहेका जिल्लामा रसुवा, डोल्पा, हुम्ला, मुगु, सोलुखुम्बु र मुस्ताङ रहेका छन् । हाल १ सय७३ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने ३६सङ्क्रमितलाई भेन्टिलेटरमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हाल देशभर १७ हजार ३ सय ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ९ हजार २ सय ९५ जना संस्थागत आइसोलेशनमा तथा ८ हजार ८८ सङ्क्रमित होम आइसोलेशनमा बस्दै आएका छन् ।
कहाँ कहाँ कति भेटिए सङ्क्रमित
मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशका एक हजार १ सय १६, प्रदेश नं ५ मा २ सय ५, प्रदेश नं १ मा १ सय ८७, प्रदेश नं २ मा १ सय ७६, गण्डकी प्रदेशमा १ सय ४८, कर्णालीमा १ सय ४१ तथा सुदूरपश्चिममा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश नं १ को उदयपुरमा २, भोजपुरमा दुई, ओखलढुंगामा एक, झापामा ६, मोरङमा १ सय १८ तथा सुनसरीमा ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा ९, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा २ तथा सिरहामा १९ जनामा कोरोना देखिएको छ ।
बागमती प्रदेशको काठमाडौँमा ६ सय ९८, काभ्रेपलाञ्चोकमा ६, चितवनमा १ सय ९१, दोलखामा एक, धादिङमा १४, नुवाकोटमा ६, भक्तपुरमा ८२, मकवानपुरमा ३०, रामेछापमा ६, ललितपुरमा ७९ तथा सिन्धुपाल्चोकमा तीन जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको कास्कीमा ८६, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा ३९ तथा लमजुङमा ६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नं ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा २४, नवलपरासीमा ४१, पाल्पामा ३, प्युठानमा एक, बर्दियामा १८, बाँकेमा २, रुपन्देहीमा ८६ तथा रोल्पामा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशको सुर्खेतमा १ सय १७, रुकुम पश्चिममा २३ तथा दैलेखमा एक ,सुदूरपश्चिम प्रदेशको कञ्चनपुर ७, कैलालीमा १७, अछाममा १६, बाजुरामा ३, डोटीमा एक, बैतडीमा २ तथा बझाङमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ५२ बजे