५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिद्वारा २ सय ८९ कैदीबन्दीको कैद माफीमिनाहा


३ आश्विन २०७७, शनिबार  

0
Shares


३ असोज ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २ सय ८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरेकी हुन् ।
नेपालको संविधानको धारा २ सय ७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारीे विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २ सय ७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १ सय ५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गरेको प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ८ : ४३ बजे