४ असोज ०७७, ललितपुर । ललितपुरमा आइतबार ५९ जनामा कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार आइतबार ललितपुरमा २४ जना महिला र २३ जना पुरुषमा कोरोना संक्रमण फेला परेको हो ।
महालक्ष्मी नगरमा आइतबार २ जना महिला र ४ जना पुरुष संक्रमित भएका छ । गोदावरी नगरमा भने ३ जना महिला र ३ जना पुरुषमा कोरोना संक्रमण फेला परेको छ ।
ललितपुरमा अहिलेसम्म १ हजार ६ सय ७९ जनामा संक्रमण फेला परेको हो । जसमा ७ सय ६५ जना महिलामा छन् भने पुरुषको संख्या ९ सय ३४ जना पुरुष संक्रमित भेटिएका हुन् ।
४ आश्विन २०७७, आइतबार
0
Shares
प्रतिक्रिया