१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मेगा बैंकले १८ लाख कित्ता शेयर बेच्दै


६ आश्विन २०७७, मंगलबार  

0
Shares

६ असोज ०७७,काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १८ लाख कित्ता सेयर लिलामीमा बिक्री गर्न गोप्य शिलबन्दी आह्वान गरेको छ । मेगा बैंकले संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३ सय ४४.७० कित्ता र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३ सय ९४.९३ कित्ता गरी १८ लाख ४० हजार ७ सय ३९.६३ कित्ता सेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेको हो ।
सर्वसाधारणहरुले असोज १८ गतेभित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता सेयर र दररेट खुलाई गोप्य शिलबन्दीमार्फत आवेदन दिन सक्नेछन् । त्यसका लागि न्यूनतम १ सय रुपैयाँ र त्यस भन्दा बढी कतिमा सेयर खरीद गर्न चाहेको हो स्पष्ट खुलाई बोलकबोल आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
मेगा बैंकले २०७४ साल भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म हदप्रद सेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेको थियो तर, त्यतिबेला संस्थापक तथा सर्वसाधारण समूहतर्फका सेयरहरुका लागि आवश्यक आवेदन नपरेकाले ती सेयरहरु अहिले बोलकबोलमार्फत बिक्री गर्न लागिएको मेगा बैंकले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।