६ असोज ०७७,काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि शेयर निस्काशन गर्ने भएको छ । भर्खरै नेपाल धितोपत्र बोर्डबाट शेयर निश्काशनको अनुमति निष्काशनको अनुमती पाएपछि सर्वसाधरणहरुलाई शेयर बिक्रि गर्ने निश्चित भएको हो । बोर्डबाट कम्पनीले आईपीओ निष्काशन लागि सोमबार अनुमति पाएको हो ।
कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।ं
अहिले कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ भने शेयर निश्किाशनपछि १ अर्ब चुक्ता पुँजी पुग्नेछ ।
पछिल्लो कानूनी निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । गतमाघ २४ गते सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणहरुका लागि शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको थियो ।
६ आश्विन २०७७, मंगलबार
0
Shares
प्रतिक्रिया