१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा थपिए ६ सय ४७ कोरोना सङ्क्रमित


६ आश्विन २०७७, मंगलबार  

0
Shares


६ असोज ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ४७ जना कोरोनाका सङ्क्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १ सय ४२ रहेको छ । संस्थागत आइसोलेशनमा नौ हजार १ सय ९३ र होम आइसोलेशनमा आठ हजार ९ सय ४९ जना रहेका छन् । गत २४ घण्टामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको कूल सङख्या ४२९ पुगेको छ ।
देशभर नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ५६ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १ हजार १ हजार १ सय ५४ जनाको पिसीआर परीक्षण भएकामा एक हजार ३ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या ६६ हजार ६ सय ३२ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुुक्त भएर ८ सय २३ जना घर फर्किएका छन् । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या ४८ हजार ६१ जना रहेको छ । नेपालमा कोरोना सङ्क्रमण मुक्त हुने दर ७२ प्रतिशत छ । देशभरका क्वारेन्टिनमा आज सात हजार १ सय ७१ छन् । त्यस्तै आइसियुमा उपचाररत २ सय २३ जना र भेन्टिलेटरमा ३७ जना उपचाररत छन् ।
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर र नवलपरासी रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्लामा म्याग्दी, सोलुखुम्बु, ताप्लेजुङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : २३ बजे