१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भट्टेडाँडास्थित कान्तिलोकपथमा फसेका युवाहरुको स्थानीयबासीद्वारा उद्दार


७ आश्विन २०७७, बुधबार  

0
Shares

फाइल तस्विर

७ असोज ०७७, ललितपुर । कान्तिलोकपथ अन्र्तगत भट्टेडाँडा पाङ्गदुरमा दुवैतिर सडकमा पहिरो आएर फसेका ५ युवाहरुको स्थानीय बासिन्दाले उद्दार गरेका छन् ।
ललितपुरको बगुवाबाट चापागाँउतर्फ गाडीमा चडेर आइरहेका ती युवाहरु छपेली पुग्नुअघि पाङ्गदुर भन्ने ठाँउमा पहिरोमा परेको भट्टेडाँडा अस्पतालका स्वास्थ्य संयोजक तथा स्थानीय चैनपुर गाँउका बासिन्दा राजकुमार सापकोटाले बताए । उनले भने,‘पहिरोमा परेर लेले शिखर्पाका कुमार नगरकोटीको खुट्टा भाँचिएको छ भने भट्टेडाँडाका विक समेत सामान्य घाइते भएका छन् ।’
गाडीमा आइरहेका युवाहरु अगाडि र पछाडि दुवैतर्फ पहिरो गएपछि युवाहरु बाटोमै फसेको इलाका प्रहरी कार्यालय भट्टेडाँडाका सई सन्तोष बरालले ललितपुर खबरलाई बताए ।
उद्दार गरिएका ५ जना युवाहरुमा उद्धार गरिएकाहरुमा कुमार नगरकोटी ३३ बर्ष,केशव विक २५ बर्ष,सुरेन्द्र थापामगर २० बर्ष, सारुख आलक २६ बर्ष,सागर घले २४ वर्ष रहेको भट्टेडाँडा अस्पतालका स्वास्थ्य संयोजक सापकोटाले बताए ।
सापकोटाका अनुसार उनीहरुलाई नजिकैको गाँउ मासखोलामा लगेर आराम गराईएको छ ।
ललितपुर क्षेत्र नं. १ का सासंद नवराज सिलवालले पहिरोमा फसेका युवाहरुको उद्दार गर्न आफूले हेलिकप्टर लैजान चाहेको भए पनि मौसमको प्रतिकुलताका कारण सम्भव नभएको बताएका छन् । सासंद सिलवालले भने,‘पहाडमा निरन्तर कुइरो लाग्ने हुनाले उद्दारमा कठीन भएको हो ।’
सासंद सिलवालले समयमै युवाहरुको उद्दार हुन सकेको भन्दै सन्तोष व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १० : ५४ बजे