१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भट्टेडाँडास्थित पाङ्गदुर पहिरोमा परी घाइतेको हेलिकप्टरमार्फत उद्दार


९ आश्विन २०७७, शुक्रबार  

0
Shares


९ असोज ०७७, ललितपुर । ललितपुर भट्टेडाँडास्थित पाङ्गदुर पहिरोमा परी घाइतहरुको करिव ४० घण्टापछि उद्दार गरिएको छ । भएका दुई युवकहरुको नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
सासंदहरु नवराज सिलवाल र आफूलगायत जनप्रतिनिधिहरुको पहलमा घाइतेको उद्दार गरिएको सासंद चेतनाथ सञ्जेलले बताए ।
सासंद सञ्जेलले भने,‘त्रिभुवन विमानस्थलबाट २ पल्ट भट्टेडाँडा हेलिकप्टर लगेका थियौं । चारै जना घाइतेको उद्धार गरी अस्पताल लगिएको छ ।’


उद्दार गरिएका ५ जना युवाहरुमा उद्धार गरिएकाहरुमा,केशव विक २५ बर्ष,सुरेन्द्र थापामगर २० बर्ष, सारुख आलक २६ बर्ष,सागर घले २४ वर्ष रहेका छन् ।
सासंद सञ्जेलका अनुसार ललितपुर लेलेका घाइते ३३ बर्षका कुमार नगरकोटीलाई विएण्ड वि अस्पताल को सघन उपभचार कक्षमा उपचार भइरहेको छ ।

अन्य ३ जनालाई भने ललितपुर टिकाभैरवस्थित आनन्दवन अस्पताल लगिएको छ ।
२५ बर्षका स्थानीय केशव विकको भने भट्टेडाँडा अस्पतालमा सामान्य उपचारपछि घर लगिएको छ ।
वागमती गाँउपालिका भट्टेडाँडा ३ का वडाध्यक्ष विष्णु तिमल्सिनाले आफ”हरुले चाहेर पनि समयमा उद्दार हुन नसकेको स्विकार गरे । उनले भने,दिनभर कुहिरो लागेकाले हेलिकप्टर घटनास्थल जान सकेन ।
घाइते कुमार नगरकोटीको तौल झण्डै १ सय केजी भएकोले स्थलमार्गबाट बोकेर उद्दार हुन नसकेको उनले बताए । वडाध्यक्ष विष्णुले भने,‘निरन्तरको बर्षा र पहिरो गइरहेकोले स्थलमार्गबाट अस्पताल लैजान सम्भव नभएको हो ।’

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १ : ०२ बजे