१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा ६ सय ४५ जनामा कोरोना सङ्क्रमण


९ आश्विन २०७७, शुक्रबार  

0
Shares

९ असोज ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका शनिबार आयाोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाा जागेश्वर गौत्तमले दिएको जानकारी अनुसार काठमाडौँमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पाँच सयभन्दा बढी सक्रिय कोरोना सङ्क्रमित जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् ।
काठमाडौं उपत्यकाभर कोरोना संक्रमितक शनिबार एक जनाको मृत्यु भएको छ । ललितपुरका ५१ वर्षीय पुरुषको मृत्यु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार २ सय ६२ जनाको पिसिआर परीक्षणमा यो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रलायका प्रवक्ता डा जागेश्वर गौतमले बताए । यससँगै अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ७० हजार ६ सय १४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ४ सय ५५ जना डिस्चार्ज भएका छन् । यस सँगै अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ५१ हजार ८ सय ६६ पुगेको छ । मन्त्रालयको अनुसार निको हुने कूल सङख्याको ७३.४ प्रतिशत हो । देशभर १८ हजार २ सय ८९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म आइसियुमा २ सय २७ जना उपचाररत छन् भने भेन्टिलेटरमा ३९ जना उपचाररत छन् । संस्थागत आइसोलेशनमा आठ हजार २ सय ३७ र होम आइसोलेशनमा १० हजार ५२ जना रहेका छन् । क्वारेन्टिनमा ६ हजार ४ सय ६४ जना छन् ।

गरी सात जिल्ला छन् भने शून्य सङ्क्रमित रहेको जिल्लामा सोलुखुम्बु, मनाङ, रसुवा, हुम्ला, मुगु, मुस्ताङ र रोल्पा रहेका छन् ।
पछिल्लो २४ घण्टामा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ४ सय ५९ पुगेको छ । मृत्यु हुनेमा मोरङका ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीका ७० वर्षीय पुरुष, काठमाडौँका ७५ र कपिलवस्तुकी ७० वर्षीया महिला छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : ४५ बजे