१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


४३ प्रतिशत सकियो धरहरा पुनःनिर्माण


१० आश्विन २०७७, शनिबार  

0
Shares


१० असोज ०७७, काठमाडौं ः पुनःनिर्माणको काम पनि तीव्ररूपमा भइरहेको धरहरा ४२ दशमलव पाँच प्रतिशत काम सकिएको छ ।
धरहरा निर्माणको कामअन्तर्गत अहिले १५ तलाको काम भइरहेको छ । नेपाली र केही भारतीय नागरिकसहित दैनिक १५० कामदार नियमितरूपमा निर्माणका लागि खटिएका भए पनि पछिल्लो समय कारोना भाइरसका कारण कहिले निर्माण सामग्री त कहीले कामदारको समेत अभाव भएपछि निर्माणको काम तोकिएको समयभन्दा पर धकेलिएपछि समय थप गर्न लागिएको छ । सम्पदाविज्ञ मानन्धरका अनुसार निर्माण कम्पनीले दुई वर्षको लागि समय माग गरेको छ । तर कति थप्ने भन्ने विषय छलफल भइरहेकाले एकिन भएको छैन । कम्पनीको माग र आवश्यकता अनुरुप समय थप गरिने जनाइएको छ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । निर्माणको लागि जम्मा रु तीन अर्ब ४८ करोड लाग्ने जनाईएको छ । एघार तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए । निर्माधिन धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण भईरहेको छ ।
काष्ठमण्डप पुनःनिर्माणको काम पनि तोकिएको समयमा नै सक्ने गरी धमाधम काम भइरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले केही समय काम रोकिएको भए पनि अहिले निर्माणको कामले गति लिएको जानकारी दिएका छन् । काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । यो ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ । पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्ने जनाईको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ७ : ५५ बजे