लपु संवाददाता
१० असोज ०७७, ललितपुर ः शनिबार ललितपुर जिल्लामा ७४ जनामा कोरोना संक्रमण भेटिएको छ ।
२९ महिला र ३१ पुरुष सहित ललितपुर महानगरपालिकामा ६० जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
६ महिला र ३ पुरष सहित महालक्ष्मी नगरमा ९ जनामा कोरोना भेटिएको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्येख छ ।
गोदावरी नगरपालिकामा पनि ३ महिला र २ पुरुष सहित ५ जनामा कोरोना भेटिएको हो ।
ललितपुरमा अहिलेसम्म ३हजार १सय ६ जनामा कोरोना संक्रमण भेटिसकेको छ । १ हजार ३ सय ३१ जनाकोरोना मुक्त भइसकेका छन् । जिल्लामा २० जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया