१३ फागुन ०७७, काठमाडौँ, । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक ऋण सुविधा दिने भएको छ ।
प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैंयासम्मको ऋण सुविधा दिने सम्झौता बैंकसंग भएको हो । सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत बिभिन्न सुविधा पाउन सक्नेछन् ।
प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरुलाई एक करोड रुपैंयासम्मको कर्जा दिइने मेगा बैंकले जनाएको छ । यसका साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि मेगा बैंकले प्रोफेशनल लोन (व्यावसायिक कर्जा) प्रदान गरिने सम्झौता भएको छ ।
अभिभावकहरुलाई पनि विशेष बचत खाता सुविधा प्रदान गरिने मेगा बैंकले जनाएको छ । कोरोनाको समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववत रुपमा संचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेगा बैंकले यो विशेष अफर ल्याएको हो । विद्यालय संचालक, शिक्षक र अभिभावकलाई समेत लाभ पुग्ने भएकाले यो सुविधाले अहिलेको विषय परिस्थतिमा निजी विद्यालयलाई राहत पुग्ने मेगा बैंकको विश्वास व्यक्त गरेको जारी प्रेस विज्ञप्ती मार्फत गरेको छ ।
प्रतिक्रिया