१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा कोरोना संक्रमित अहिलेसम्मकै धेरै


१३ आश्विन २०७७, मंगलबार  

0
Shares


१३ असोज ०७७,ललितपुर । मंगलबार साँझअघि २४ घण्टाभित्र राजधानीमा ९ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत्तमले काठमाडौंमा ७ सय ४७ जना, ललितपुरमा १ सय १४ जना र भक्तपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्
तुलनात्मक रुपमा न्युन रहेको ललितपुरमा समेत पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्नुले ललितपुरमा समेत कोरोना संक्रमण फैलिरहेको पुष्टि हुन्छ मंगलबार ललितपुरमा एकैदिन १ सय ३७ जनामा कोरोना संक्रमण भएको थियो ।
मंगलबार देशभर १ हजार ५ सय १३ जनामा कोरोना भाइरस भेटिएको डा गौत्तमले पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ६ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।