८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज जनरल इन्स्योरेन्सको आईपिओ भर्ने अन्तिम दिन


१४ आश्विन २०७७, बुधबार  

0
Shares


१४ असोज ०७७, काठमाडौं । आज (असोज १४ गते)जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
मंगलबार साँझ ५ बजेसम्म इन्स्योरेन्सको आईपीओमा ६ लाख ८२ हजार ७ सय ७२ वटा आवेदनबाट एक करोड ९१ लाख ९४ हजार ८ सय ३० कित्ता शेयरको लागि आवेदन परिसकेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
अहिले कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।
इन्स्योरेन्सले गतआर्थिक वर्षमा ५ करोड ६ लाख खुद नाफा कमाएको थियो । यस आधारमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ २३ पैसा रहेको छ । कम्पनीको जगेडा कोषमा ४ करोड ६६ लाख रुपैयाँ सञ्चित छ । जुन वितरण योग्य कोष हो ।

शेयर भर्ने अन्तिम दिनसम्म ठूला संस्थागत लगानीकर्ताले समेत शेयर भर्ने हुनाले यो कम्पनीको शेयर कयौं गुणा धेरै पर्ने सम्भावना छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ९ : ५९ बजे