१४ असोज ०७७, काठमाडौं । नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९ सयले वढेकोे सुनको मूल्यमा आज(बुधबार) प्रतितोला रु ५सयले बढेको भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार २ सय तोकेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७ सय थियो ।
चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले वृद्धि भई एक हजार १ सय ९० पुगेको छ ।
१४ आश्विन २०७७, बुधबार
0
Shares
प्रतिक्रिया