१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दलचोकीमा सुख्खा पहिरो,गोठ बग्यो


१४ आश्विन २०७७, बुधबार  

0
Shares


लपु संवाददाता
१४ असोज ०७७, दलचोकी ः ललितपुर कोञ्ज्योसोम गाँउपालिकाको दलचोकीस्थित क्वाक्लिन गाँउमा बुधबार विहान सुख्खा पहिरो जाँदा स्थानीय केशव गुरुङ्गको एक गोठ बगाएको छ ।
गोठसँगै एउटा लैनो भैसी,बाख्रा र कुखुराहरु मरेका छन् ।
पहिरो गएपछि चौघरे प्रहरी चौकी,सानोभैसेस्थित भैरवगणका प्रहरी र सेनाका साथै स्थानीयबासीले दुर्घटनास्थलमा पुगेका थिए । पहिरोपिडित गुरुङ्गलाई अन्यत्र सारिएको छ ।
कोञ्ज्योसोम गाँउपालिकाका वडाध्यक्ष तिलक बम्जनका अनुसार घरमाथिबाट ठूलो ढुंगा गुढेर कोठमा ठोक्किन पुगेपछि क्षति भएको हो । वडाध्यक्ष बम्जनका अनुसार क्वाक्लिनका बद्री थापा र श्याम थापालगायतको घर समेत पहिरोको जोखिममा परेको छ ।
पहिरो गएपछि ठूला ढुंगाहरु अड्केर बसेकाले स्थानीयबासीलाई जोखिम बढेको हो ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  २ : ०१ बजे