१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा कोरोना १ सय ८ कोरोना संक्रमित


१४ आश्विन २०७७, बुधबार  

0
Shares


१४ असोज ०७७, ललितपुर ः ललितपुरमा बुधबार १ सय ८ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय ललितपुरले ललितपुर महानगरपालिकामा ३३ महिला र ४९ पुरुष सहित ८२ जनालाई कोरोना लागेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ११ महिला र ४ पुरुष सहित महालक्ष्मी नगरपालिकामा १५ संक्रमित फेला परेका छन् । गोदावरी नगरमा ८ जना पुरुष संक्रमित भएका छन् भने महाँकाल गाँउपालिकामा १ पुरुष संक्रमित थपिएका छन् । कोञ्ज्योसोम गाँउपालिकामा समेत बुधबार १ महिला र १ पुरुषमा कोरोना भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
आजको तथ्याङ्कसहित अहिलेसम्म ललितपुरमा २५२३ कोरोना संक्रमित भेटिएका छन् । कोरोना संक्रमितको मृत्यु भने २२ जनाको भइसकेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ८ : ४६ बजे