२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


असोज २१ गतेदेखि सानिमा जनरल इन्स्योरेन्सको आइपिओ आउदै


१५ आश्विन २०७७, बिहिबार  

0
Shares


१५ असोज ०७७,ललितपुर । सानिमा जनरल इन्स्योरेन्सले यही असोज २१ गतेबाट सर्वसाधारणको लागि आईपीओ बिक्री गर्ने भएको छ । सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा असोज २५ गतेसम्म भर्न पाइनेछ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । सानिमा जनरल इन्स्योरेन्सले निश्काशन गर्न लागेको जम्मा शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई बिक्रि हुँदै छ । सर्वसाधारणले कम्तिमा १० कित्ता र धेरैमा १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
अहिले कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ हुनेछ ।

यद्यपी पछिल्ला दिनहरुमा शेयर भर्ने सर्वसाधारणको संख्या बढ्दै जान थालेपछि थोरै मात्रामा सर्वसाधारणले शेयर पाउने सम्भावना छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले आस्वा सेवा भएको बैंक र बैंक संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।