१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा राखियो गजुर


१५ आश्विन २०७७, बिहिबार  

0
Shares

काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापन गर्दै । वि.संं २०७बmउस२ सालको भूकम्पले क्षति पुयाएको मन्दिर पुननिमार्णको काम अन्तिम चरण मा पुगेको छ । तस्बिर ः रोशन सापकोटा\रासस

१५ असोज ०७७,काठमाडौं रत्नपार्क । ऐतिहासिक रानीपोखरीको बालगोपालेश्वर मन्दिरमाआज(विहीबार) गजुर राखिएको छ । गतबिहान ८ बजेको साइतमा रानीपोखरीकोबीच भागमा रहेको निर्माणाधीन बालगोपालेश्वर मन्दिरमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिएको हो ।
मुख्य गजुर १ सय २३ किलोग्राम तौलको छ । तामाले बनेको हो गजुरको बाहिरी आवरण सुनले लेपन गरिएको छ । २०७२को भूकम्पले पूर्णरूपमा भत्किएको रानीपोखरी अहिले लगभग निर्माण सम्पन्न भएको छ । यही दशैँअघि नै उद्घाटन गर्ने योजना राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ । अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताएका छन् ।
शुरुमा काठमाडौँ महानगरपालिको पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।
भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी थिइन् ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।
प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माण कार्य करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७÷ई.सं. १६७०) मा शिलापत्र राखिएको थियो ।
पोखरीमा १ सय ८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार वटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरिएको थियो ।
–––

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ६ : ३१ बजे