८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भट्टेडाँडामा सञ्चालित खानीखोलाको शेयर मूल्य बढ्यो


१६ आश्विन २०७७, शुक्रबार  

0
Shares


१६ असोज ०७७, ललितपुर । दक्षिण ललितपुरको भट्टेडाँडामा सञ्चालित खानी खोला जलविद्युत् आयोजनाको शेयर एकाएक बढेको छ । केही महिना अघिसम्म ५० रुपैयाँ हाराहारीमा नेप्सेमा कारोबार भइरहेको खानीखोलाको शेयर विहीबार १ सय १७ रुपैयाँमा पुगेर रोकिएको छ ।
पछिल्लो समय जलविद्युत्को शेयरमा उछाल आएपछि खानीखोलाको शेयर मूल्यमा पनि बढोत्तरी आएको हो । आइपिओ किनेको मूल्यको आधा पनि नआउने अवस्था रहेको बेला एकाएक मूल्य बढेपछि लगानीकर्ताहरुले सन्तोषको सास फेरेका छन् ।
यो कम्पनीको शेयर २०७३ सालमा सर्वसाधारणलाई ९ करोड ३१ लाख बराबरको ९ लाख ३१ हजार कित्ता शेयर बिक्रि गरिएको थियो । ललितपुरको इकुडोलखोला र भालुखोलाबाट आएको पानी ठोस्नेखोलाबाट सुरुङ्ग खनेर कलवन नजिकै डाँडाबाट झारेर विजुली निकालिएको छ भने त्यही पावरहाउसको पानी यास्पास्थित शिशा खानीमा लगेको खानीखोला जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ । यी दुवै जनविद्युत् आयोजनाबाट ६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।
नेपाल विद्युत् प्राधिकरणले समयमै विद्युत् प्रशारण लाइन निमार्ण नगर्दा यहाँको विजुली लामोसमयसम्म खेर गइरहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १ : १९ बजे