१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शनिबार ललितपुर र काठमाडौंमा विद्युत् अवरुद्ध, यी ठाँउमा जानेछ विजुली


१७ आश्विन २०७७, शनिबार  

0
Shares

१७ असोज ०७७, ललितपुर । ललितपुर लगनखेल र पुल्चोक वितरण केन्द्रअन्र्तगत पर्ने खोकना फिडर मर्मत गर्नु पर्ने भएकाले शनिबार विहान ११ बजेदेखि ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।
खोकना फिडर अन्तर्गत गणेशथान, एकान्तकुना, खाद्य गोदाम,मेडी सिटी हस्पिटल,आदिनाथ मार्ग्,गणेस मन्दिर,मन्जु श्री मार्ग्,भन्ज्याङ् पिपल बोट,मगर गाउ,सानो खोकना,खोकाना,कार्य बिनायक,बुङमती एरिया,नेवा ईट्टा,चुनिखेल,कतार एम्बेस्सी,खोईचा,फर्सिडोल,जोर्खु,टोकलमाथ,खहरे,डुकुछाप,दनुवार बस्ती लगायतका क्षेत्रहरुका विद्युत् अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणद्घारा जारी सूचना अनुसार मर्मतको काम समयमै पुरा भए विद्युत् तोकिएको समय भन्दा अगाडि नै विद्युत् सुचारु हुनेछ ।
वालाजु वितरण केन्द्रको विद्युत् पनि शनिबार अवरुद्ध हुनेछ । विष्णुमति फिडर पर्ने बनस्थली, बालाजु, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल लगायतका क्षेत्रहरुमा विद्युत् अवरुद्ध हुनेछ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : ५८ बजे