
१९ असोज ०७७, इमाडोल । महालक्ष्मी नगरका मेयर रामेश्वर महर्जन कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचार गराईरहेको मेयर महर्जनको कारोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ भएको महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरषोत्तम सापकोटाले जानकारी दिएका छन् ।
गएको भदौं ३० गते परिक्षणको क्रममा महर्जनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
अहिले महालक्ष्मी नगरमा करिव २ सयको संख्यामा कोरोना संक्रमित फेला परिसकेका छन् भने यो नगरपालिकाका २ जना निधन भइसकेको छ ।
यस समाचारमा मेयर रामेश्व्र श्रेष्ठको थर भुलवश महर्जन हुन गएकाले क्षमा प्रार्थी छौं । सो गत्ली केही मिनेटमै सच्याएका छौं सम्पादक







प्रतिक्रिया