१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


 कोरोना संक्रमितको निधनपछि ललितपुर लेले बन्द 


१९ आश्विन २०७७, सोमबार  

0
Shares


१९ असोज ०७७, लेले ललितपुर । गोदावरी नगरपालिका–५ ले काभ्रे र मनकामनाका सम्पूर्ण पसलहरु नखोलिदिन व्यापारीलाई आग्रह गरेको छ ।
कोरोना महामारीका कारण आइतबार मात्र वडाका ६२ वर्षीय पुरुषको निधन भएपछि नगरपालिकाले यस्तो सर्कुलर जारी गरेको हो ।
मृतकको पत्नीलाई पनि कोरोना भाइरस सङ्क्रमण पुष्टिपछि अहिले होम आइसोलेसनमा बसिरहेकी छिन् । वडाध्यक्ष मिलन सिलवालले भने, “हामीले एक चरणमा कन्ट्याक ट्रेसिङको काम सकेर भोलीबाट पुनःअर्काे चरणमा ट्रेसिङ् शुरु गर्ने भएका छाँै । त्यसैले अत्यावश्यक बाहेक सेवा बाहेक अन्य सेवा सोमबारबाट आउँदो शुक्रबारसम्मका लागि बन्द गरिएको छ ।”
गोदावरीमा आजमात्र चार महिला र छ पुरुष गरी कूल १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म गोदावरीमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ३ पुगेको छ । तीमध्ये होम आइसोलेसनमा ५७, विभिन्न अस्पतालमा उपचार भइरहेका पाँच, बडिखेल आइसोलेसमा ६ जना रहेका छन् । उपचारपछि निको हुनेको सङ्ख्या १ सय ३२ जना रहेका छन् चने कोरोना सङ्क्रमणबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको नगरपालिककाले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : ५३ बजे