२७ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरका मेयर महर्जन १६औं दिनमा कोरोनामुक्त


२० आश्विन २०७७, मंगलबार  

0
Shares


२० असोज ०७७, ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन १६ औँ दिनमा कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
यही असोज ५ गते ज्वरो, खोकी र जीउ दुख्ने समस्या देखिएपछि महर्जनले घरबाटै भोलिपल्ट स्वाब परीक्षण गर्न पठाएपछि रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो । मेयर महर्जनको असोज ९ गते मात्रै नतिजा पोजेटिभ आएको थियो ।
“म आज १६ औँ दिनमा कोरोना सङ्क्रमणबाट मुक्त भएँ ”, प्रमुख महर्जनले बताएका छन् । महर्जनले भने, “अब म केही दिन स्वास्थ्यको मापदण्ड पालना गरेर घरमै बस्छु र भीडभाडमा जान्न ।” नगरपालिकाको काम भने केही दिनका लागि घरबाटै गर्ने महर्जनले जानकारी गराएका छन् ।
महर्जनकी धर्मपत्नी गङ्गामायाको कोेरोना परीक्षणको नतिजा भने आउन बाँकी रहेको बताइएको छ । सोमबार मात्रै महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त भएका थिए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन भने कोरोना सङ्क्रमणका साथै छातीमा समस्या देखिएर यही असोज १६ गतेदेखि सानेपाको स्टार अस्पतालमा उपचार गराइरहेकोे महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ९ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।