४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा घट्न थाल्यो कोरोना सङ्क्रमण


२१ आश्विन २०७७, बुधबार  

0
Shares


२१ असोज ०७७, नयाँदिल्ली । भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप सङ्क्रमितको सङ्ख्या ६१ हजार २ सय ६७ रहेको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ पुगेको मन्त्रालयले जनाएको छ ।
विगत २४ घण्टामा देशभर मृत्यु हुनेको सङ्ख्या ८ सय ८४ रहेको छ भने अहिलेसम्म कूल एक लाख तीन हजार ५ ‘सय ६९ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।
यो महिना (अक्टोबर)को पहिला पाँच दिनको तथ्याङ्क हेर्दा भारतमा कोरोना सङ्क्रमण तथा सङ्क्रमित विरामीको मृत्यु दरमा सामान्य कमी देखिएको छ ।
अक्टोबर १ का दिन ८६ हजार ८ सय २१ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र मृत्यु एक हजार १ सय ८१ रहेकोमा अक्टोबर २ मा सङ्क्रमितको सङ्ख्या करिब पाँच हजारले कमी आई ८१ हजार ४ सय ८४ भएकोे थियो ।
त्यस्तै मृत्यु सङ्ख्यामा पनि करिब १ सयले कमी आई एक हजार ९५ मा झरेको थियो । महिनाको तेस्रो दिन सङ्क्रमितको सङ्ख्या अघिल्ला दिनको तुलनामा थप कमी आई ७९ हजार ४ सय ७६ कायम भएको थियो भने मृत्यु सङ्ख्या एक हजार ६९ मा झरेको थियो । अक्टोबरमा ४ मा सङ्क्रमितको सङ्ख्यामा थप कमी आई ७५ हजार ८ सय २९ र मृतक सङ्ख्या ९ सय ४० भयो भने अक्टोबर ५ मा सङ्क्रमितको सङ्ख्या ७४ हजार ४ सय ४२ भयो र ९ सय ३ सङ्क्रमितको मृत्यु भयो ।
भारतमा अहिलेसम्म ५६ लाख ६२ हजार ४ सय ९० व्यक्ति कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् भने अझै पनि नौ लाख १९ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण रहेको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार भारतमा मङ्गलबारसम्म कूल ८१ लाख ७१ हजार ७९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । योमध्ये सोमबार मात्र एक लाख ८९ हजार ४ सय ३ व्यक्तिको कोरोना परीक्षण भएको बताइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ७ : ४५ बजे