५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर ४ हजार ३ जनामा कोरोना फेला


२२ आश्विन २०७७, बिहिबार  

0
Shares


२२ असोज ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणपछि ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १८ हजार ४ सय ७३ नमुना परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार ८आठ ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जम्मा संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । उनीहरुमध्ये ५ सय ९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय ७५ जना संक्रमणमुक्त भएका हुन् ।
देशभर २६ हजार ६ सय ८४ संक्रिय संक्रमित छन् । १४ हजार ९ सय ६९ होम र ११ हजार ७ सय १७ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २ सय ३५ जनाको आईसीयू र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कहाँ कति थपिए संक्रमित ?
बिहीबार थपिएका नयाँ संक्रमितमध्ये २ हजार ५ सय ४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २ सय ८५ जना, ललितपुरका ३ सय २० र भक्तपुरका १ सय ३५ जना छन् ।
मोरङका २४९ जना, सुनसरीका २१४, रुपन्देहीका १९९, सुर्खेतका १०६, मकवानपुरका १०५, कैलालीका ७५, धादिङका ७१, चितवनका ६९, बाँकेका ५७, झापा र दाङ ५५र५५ जना, सिराहाका ४८, उदपयुरका ३२, काभ्रेका २९, धनुषा र नवलपुरका २८र२८ जना, अर्घाखाँचीका २७, सप्तरीका २५ , नवलपरासी, पाल्पा र कञ्चनपुरका २१र२१ जना, कास्कीका १९ जना तथा रौतहट र गुल्मी १८र१८ जनामा संक्रमण पुष्टि भएको छ ।

बारा र सर्लाहीका १४र१४ जना, सिन्धुपाल्चोक, स्याङ्जा १३र१३ जना, इलाम र बाग्लुङका १२र१२ जना, पर्सा र गोरखाका ११र११ जना, तनहुँ, बर्दिया र अछामका १०र१० जना, महोत्तरी, कपिलवस्तु र डोटीका ७र७ जना, तोप्लेजुङ, कालीकोट र जुम्लाका ६र६ जना, रामेछाप र रुकुम पश्चिमका ५र५ जना, ओखलढुंगा, खोटाङ, भोजपुर, दैलेख र सल्यानका ४र४ जना, तेह्रथुम, धनकुटा, संखुवासभा, नुवाकोट, सिन्धुली, लमजुङ, डोल्पा र हुम्लाका ३र३ जना, पाँचथर र सोलुखुम्बुका २र२ जना तथा दोलखा, पर्वत, प्युठान, रोल्पा, डडेलधुरा, बझाङ र बैतडीका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ७ : ०६ बजे