२२ असोज ०७७, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकाका २ हजार ५ सय ४० जनामा कोरोना संक्रमण भेटिएको छ । जसमा काठमाडौंका २ सय ८५ जना, ललितपुरका ३ सय २० र भक्तपुरका १ सय ३५ जना छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणपछि ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १८ हजार ४ सय ७३ नमुना परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार ८आठ ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जम्मा संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । उनीहरुमध्ये ५ सय ९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय ७५ जना संक्रमणमुक्त भएका हुन् ।
२२ आश्विन २०७७, बिहिबार
0
Shares
प्रतिक्रिया