५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो


२३ आश्विन २०७७, शुक्रबार  

0
Shares


२३ असोज ०७७, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख ६ सय ७६ पुगेको छ ।
अहिलेसम्म देशभर २७ हजार ५३ जना सक्रिय सङ्क्रमित छन् । देशभर ११ हजार १ सय ७६ जना संस्थागत आइसोलेशनमा तथा १५ हजार ८ सय ७७ जना होम आइसोलेशनमा रहेका स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसहित नेपालमा हालसम्म ११ लाख ४५ हजार २ सय ३७ जनाको पिसिआर परीक्षण गरिएको छ ।

अहिले देशभर चार हजार ३ सय ७ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६ सय ८० सङ्क्रमित निको भएर घर फर्किएका छन् । देशभर ७३ हजार २३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताएका छन् ।

उपत्यकामा थपिए एक हजार ४०९
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ४ सय ९ कोरोना सङ्क्रमित भेटिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौँमा एक हजार १ ‘य १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ सङ्क्रमित थपिएका छन् । योसँगै काठमाडौँ उपत्यकामा कोराना सङ्क्रमितको सङ्ख्या ३३ हजार ७ सय ७१ पुगेको छ ।
सङ्क्रमितको सङ्ख्या काठमाडौँमा ३० हजार ४ सय ९७, ललितपुरमा चार हजार १ सय ७४ तथा भक्तपुरमा तीन हजार ४९ पुगेको छ ।
निधन हुन संख्यो ६ सय पुग्यो
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ६ सय पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार २४ घण्टामा नेपालमा कोरोनाबाट १० जनाको निधन भएको छ । निधन हुनेमा नौ पुरुष र एक महिला छन् । झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५२ र ६८ वर्षीय पुरुष, काठमाडौँमा ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४ वर्षीय पुरुष तथा रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : ३२ बजे