५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चाडबाडमा लकडाउन गर्न नपरोस ः सरकार प्रवक्ता ज्ञावाली


२५ आश्विन २०७७, आइतबार  

0
Shares


२५ असोज ०७७, काठमाडौं । सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले चाडबाडका बेला फेरि बन्दाबन्दीतर्फ जान नपरोस् भन्ने सरकारको चाहना भएको बताएका छन् । यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा ज्ञावालीले नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व भएको स्पष्ट पारे ।
पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणमा तीव्रता आएको प्रसङ्ग उल्लेख गर्दै ज्ञावालीले अझै पनि सबै सचेत भएमा बन्दाबन्दी गर्नुपर्ने स्थिति नआउने बताएका छन् ।

कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा काठमाडौंँपछि परेकामा मन्त्री ज्ञवालीले असन्तुष्टि व्यक्त गर्दै काठमाडौँले कोरोना रोकथाम र नियन्त्रणका लागि देशका केही जिल्लाबाट राजधानीले सिक्नुपर्ने बताए । बाँके, कपिलवस्तु, उदयपुर र
वीरगञ्जमा भयावह बन्दै गएको कोरोना महामारीलाई कसरी त्यहाँका सम्पूर्ण
निकायले नियन्त्रणमा लिए भन्नेबारे झण्डै ४० लाख जनसङ्ख्या भएको
काठमाडौँका नागरिक, जनप्रतिनिधि र
सङ्घसंस्थालाई सिक्न प्रवक्ता ज्ञावालीले सल्लाह दिए । उनका अनुसार देशका सम्पूर्ण कोरोना सङ्क्रमितमध्ये झण्डै ६० प्रतिशत काठमाडौंँमा छन् ।
कोरोना भाइरसले विश्वभर १० लाख ५० हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको छ । यस वर्षदशैँलगायत चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको बताउँदै प्रवक्ता ज्ञावालीले अभिभावक र ज्येष्ठ नागरिकको सुरक्षा एकदमै महत्वपूर्ण रहेको र उनीहरुको जीवनमा हाम्रै हातमा भएको कुरालाई बिर्सन नहुनेमा जोड
दिए ।

सरकारी नियुक्ति
गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालको विद्यमान जनशक्तिबाट राजस्व अनुसन्धान विभागमा सशस्त्र प्रहरी नायब उपरीक्षकका नेतृत्वमा ५० र उक्त विभाग मातहतका चार कार्यालयमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना खटाउन स्वीकृति दिएको सरकारका प्रवक्ताले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ९ : ४३ बजे