१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सोमबार ४ हजार ४७ कोरोना संक्रमित फेला


२६ आश्विन २०७७, सोमबार  

0
Shares


२६ असोज ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १४ हजार पाँच सय ३० जनाको पीसीआर परीक्षण गर्दा यो संक्रमित देखिएको बताएका हुन् ।
यो अवधिमा काठमाडौं उपत्यकामा मात्रै २ हजार २ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जनामा संक्रमण देखिएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गौत्तमले जानकारी दिए ।
यो संख्यासँगै अहिलेसम्म जम्मा संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगिसकेको छ ।
आजसम्म कोरोना निको हुनेको संख्या ७७ हजार २७७ जना पुगेको छ भने आज १४ सय ७३ जना डिस्चार्ज भएका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार अहिले देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : ११ बजे