२७ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर कुसुन्तीका राणा किर्ते नागरिता बनाई जग्गा पास गरेको आरोपमा पक्राउ


२७ आश्विन २०७७, मंगलबार  

0
Shares


२६ असोज ०७७, काठमाडौं ःZमहानगरपालिका १३ कुसुन्तीका ३३ वर्षीय केवल प्रताप जंगबहादुर राणालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १७ रातोपुल, साधना गल्लीस्थित डेराबाट पक्राउ गरेको हो ।
राणाले मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकताको प्रमाणपत्र बनाई पर्सा बीरगञ्ज महानगरपालिका ५ स्थित कमलादेवी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ३,७१, १४३ र १८६ को ५ कठ्ठा, १५ धुर, ९ कन्वा क्षेत्रफलमा बनेको घर समेतको जग्गा मालपोत कार्यालयका कर्मचारीहरुसँग मिलेमतो गरी जग्गा किर्ते कागजात बनाई २०७६ फागुन १९ गते आफ्नो नाममा राजीनामा पास गराई लिई सोही जग्गा पर्सा बीरगञ्ज महानगरपालिका(४ स्थायी वतन भएका एक व्यक्तिलाई बिक्री गर्न भनी ५० लाख रुपैयाँ बैना लिएको अनुसन्धनाको क्रममा खुल्न आएको हो ।
निजलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बीरगञ्ज पर्सा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ८ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।