१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


लुटपाटपछि हत्या अभियोगमा पक्राउ


२८ आश्विन २०७७, बुधबार  

0
Shares


२८ असोज०७७,भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने रामेछाप सोनापती गाउँपालिका ३ कामा घर भएका ६१ वर्षीय चन्द्र बहादुर योञ्जनको साथबाट सुनको ब्रासलेट र मोबाइल लुटी हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं थलि बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ लेखर्क घर भएका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, काठमाडौं महानगरपालिका ७ वौद्ध बस्ने सिन्धुपाल्चोक चौतारा बतासे नगरपालिका(२ घर भएका २३ वर्षीय रमेश तामाङ –ज्वाला तामाङ) र रामेछाप धोवि गाउँपालिका ५ घर भएका २७ वर्षीय प्रेम तामाङ रहेका छन् ।
असोज २१ गते दिउँसो चन्द्रको पसलमा उनीहरुले वियर समेत सेवन गरी आफन्तलाई जग्गा चाहिएको भन्ने बहाना बनाई जग्गा विक्रीबाट आउने फाइदा बाड्नुपर्छ भनी प्रलोभनमा पारी पसलदेखि १ किलोमिटर पर बिडोलफाँटस्थित धानखेतमा लगेर कुटपिट गरी उनको साथमा रहेको उक्त ब्रासलेट र मोबाईल समेत लुटि फरार भएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका चन्द्रको ग्रीनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा गत बिहीबार मृत्यु
भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्न महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा मृतक चन्द्रले कामी लामालाई दिनुपर्ने बाँकी रकम दिन आनाकानी गरेपछि चन्द्रलाई कुटपिट गरेर भए पनि रकम असुल्ने योजना बनाई कामी लामाले असोज १८ गते काठमाडौं नयाबस्तीमा रमेश र प्रेमसँग योजना बनाई चन्द्रको घर पहिचान गरेपछि असोज २१ गते दिउँसो जग्गा हेर्ने बहानामा उक्त धानखेतमा लगि उनीहरुले कुटपिट गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।
उनीहरुको साथबाट घटनामा प्रयोग भएको बा.९६ प ७११४ नम्बरको मोटरसाइकल, मृतकले प्रयोग गरेको मोबाइल १ थान, सुन बिक्रीबाट प्राप्त रकम १ लाख ५५ हजार रुपैयाँमध्ये ५४ हजार ६ सय रुपैयाँ, १ थान हेल्मेट र १ तोला २ लाल गालेको सुन समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ८ : ३२ बजे