५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं


२८ आश्विन २०७७, बुधबार  

0
Shares


२८ असोज ०७७, काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउनु हुने भएको छ ।
दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित भएको भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई सोही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्वन्धमा मन्त्रिपरिषदले गत माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : ३७ बजे