५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं नयाँ बजारबाट औंठी लुट्ने पक्राउ


२९ आश्विन २०७७, बिहिबार  

0
Shares


२५ असोज ०७७, काठमाडौं ः काठमाडौं महानगरपालिका १६ नयाँ वजारस्थित धारा गल्लीमा काभ्रे भुम्लु ४ घर भई हाल काठमाडौं कपुरधारा बस्ने ३७ वर्षीय सूर्य तामाङको आधा तोला सुनको औंठी र नगद २६ हजार ६ सय रुपैयाँ लुटपाट गरेको अभियोगमा धादिङ घर भई हाल काठमाडौं म्हेपी बस्ने २९ वर्षीय बिष्णु ढकाल लगायत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
सूर्य तामाङ स्कुटरमा आईरहेको अवस्थामा ढकालले चलाएको बा।२ ज १२२५ नम्बरको ट्याक्सीमा सवार अपरिचित व्यक्तिहरुले तामाङको उक्त नगद र औंठी लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखा नगरपालिका ९ मिलनटोलस्थित नमस्ते गेष्ट हाउसबाट उक्त नम्बरको ट्याक्सी, ट्याक्सी चालक, गेष्ट हाउस संचालक लगाएत ७ जनालाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ७ : ३६ बजे