५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शित्तल निवासमा मन्त्रीहरुको सपथ आज हुँदै


२९ आश्विन २०७७, बिहिबार  

0
Shares


२९ असोज ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिले बुधबार नियुक्त गरेका मन्त्रीहरुको पद तथा गोपनियताको सपथ आजै हुने भएको छ ।
ओलिद्वारा थप गरिएका मन्त्रीहरुको सपथ शपथ कार्यक्रम अहिले बिहान साढे ११ बजे शित्तल निवासमा हुने भएको हो । राष्ट्रपति विद्यादेवि भण्डारीले नवनियुक्त मन्त्रीहरुको सपथ गराउने छिन् ।
प्रधानमन्त्री ओलिले केही मन्त्रालयको जिम्मेवारी आफूसँग राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दिएका छन् । मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल रहेका छन् । रक्षा मनत्रालयको जिम्मेवारी भने प्रभानमन्त्री ओली आफैले राखेका छन् ।
सूचना तथा सञ्चार मन्त्रालय पार्वत गुरुङलाई दिएर मन्त्री गुरुङ्गले सम्हाल्दै आएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएको छ । सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ नियुक्त भएका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ति गरेकी थिइन ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : १४ बजे