१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अहिलेसम्म ललितपुरमा कोरोनाबाट ४८ को निधन


२९ आश्विन २०७७, बिहिबार  

0
Shares

२९ असोज ०७७, ललितपुर ः अहिलेसम्म ललितपुरमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । त्यसमध्ये ललितपुर महानगरमा सर्वाधिक र मृतकको सङ्ख्या २७ पुगेको छ ।
ती मृतकको उमेर भने ५५ वर्षदेखि ६० वर्षमाथि रहेको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताउछन् । महर्जनले भन्छन्, “यहाँ जम्मा सङ्क्रमित सङ्ख्या तीन हजार ३ सय ४६ र डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ७ सय ३१ रहेको छ ।” कोरोना महामारी बढ्दै गइरहेकाले जनता स्वयं आफैँ जिम्मेवार हुनुपर्ने महर्जनले बताउछन् । “यहाँ होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन गर्न ग्राहो भइरहेको छ”, उनले भने ।
ललितपुरमा अहिलेसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५ सयभन्दा बढी छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५ सय ७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ ।
महानगरपालिकामा पुरुषभन्दा महिला सङ्क्रमित सङ्ख्या बढी छ । जसमा एक हजार ४८३ महिला र एक हजार ४०२ पुरुषले कोरोनाको प्रभाव झेलिरहेका ¥यापीड रेसपोन्स टिमकी संयोजक देवी गुरुङ्ले बताइन् ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १ सय ५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६ सय ३ पुगेको स्वास्थ्य कार्र्यालय प्रमुख डा खगेश्वर गेलालले बताएका छन् ।
गेलालले भने, “धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेकाले यहाँ दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढीरहेको देखिन्छ, सार्वजनिक यातायातमा हिँड्ने आधाजसो मानिसले मास्कको उचित प्रयोग नगर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि हेलचक्र्याइ गरिरहेका छन् ।”
कोभिड सङ्क्रमित स्वयंले सजक भएर घरमा एकान्तबास बसिदिँदा यसको न्यूनीकरण चाँडै हुने गेलालले बताए । लपु महानगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ५ सय ८८ पुगेको छ ।
गोदावरी नगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या १९४ र मृतकको सङ्ख्या पाँच पुगिसकेको नगरपालिकाले जनाएको छ । गोदावरीमा कूल सङ्क्रमित सङ्ख्या ३ सय ८१ र निको भएर डिस्चार्ज हुने सङ्ख्या १ सय ९९ पुगेको छ । गोदावरीले वडा नं ६ टीकाभैरवको आनन्दवन अस्पताल तथा वडा नं ११ को बज्रबाराही चापागाउँ अस्पतालमा आइसोलेसनको व्यवस्था गर्नुका साथै वडा नं ४ बडिखेलको कोरियन होटलमा कवारेन्टाइनको पनि व्यवस्था गरिरहेको प्रवक्ता मिलन सिलवालले बताए ।

महालक्ष्मी नगरपालिकामा सक्रिय सङ्क्रमित ३ सय ४७ र हालसम्म तीन जना नगरवासीले मृत्युवरण गरिसकेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । पोखरलले भने, “तीमध्ये होम आइसोलेसनमा ३ सय २५ र अस्पतालको आइसोलेसनमा २२ व्यक्ति रहेका छन् ।” महालक्ष्मीमा जम्मा सङ्क्रमित सङ्ख्या ६ सय ६ र यसमा स्वास्थ्य लाभ गर्ने २ सय ५६ रहेका पोखरेलले जानकारी दिएका छन् ।

नगरपालिकाभित्र कोरोना सङ्क्रमित सङ्ख्या बढेसँगै आफूहरुले परीक्षणको दायरा बढाएको र निरिन्तर रुपमा सचेत पनि गराइरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताउछन् । श्रेष्ठले भने, “सङ्क्रमितको अवस्थालाई मध्यनजर गरेर नगरपालिका विभिन्न वडामा ८० शय्याको क्वारेन्टिनको व्यवस्था गरिरहेका छाँै ।” अक्सिजन अभावका कारण आइसोलेसनको भने व्यवस्था गर्न नसकेको श्रेष्ठले बताए ।
महाङ्काल गाउँपालिकामा सक्रिय सङ्क्रमित पाँच र बाँकी नौ निको भएर डिस्चार्ज भइसकेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले जानकारी दिए । चन्दले भने, “यहाँ जम्मा सङ्क्रमित सङ्ख्या १४ रहेका छन् ।” कोरोनाको लक्षण देखिएकालाई महाङ्काल विद्यालयमा राख्ने गरेको र वडा नं ३ गोटिखेलमा पाँच शय्याको आइसोलेसन बनाउने तयारी भइरहेको चन्दको भनाई छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ४ : ०६ बजे